मलाई असफल बनाउने खेल सुरु भइसकेको छ : प्रधानमन्त्री

168
  •  
  •  
  •  

काठमाडौं १४ पुस (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक रुपमा गरेका विषय पनि सार्वजनिक हुनुलाई आश्चर्य भएको बताएका छन् । उनले भित्र भएका कुरा सार्वजनिक खपतका लागि नभएको बताए । ‘भित्र एउटा कुरा हुन्छ समस्या समाधानका लागि म हरप्रकारको आग्रह प्रस्ताव गर्छु तर बाहिर सार्वजनिक खपतको विषय बनाइन्छ’ प्रधानमन्त्रीले भने ।

काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले कार्ड पठाएर आपूर्ति व्यवस्थामा व्यवधान आमन्त्रण गर्न लगाएको जस्तो गरेर विरोध भइरहेकोमा असन्तुष्टि पोखे । भूँइचालो पनि आफूले नै बोलाइदिएको जसरी आलोचना भईरहेको पनि उनले बताए । उनले आफू प्रधानमन्त्री बन्दा तराईमा आन्दोलन, नाकाबन्दी र भुकम्पको पीडा रकायम रहेको भन्दै आफू अहिले त्यसलाई सामान्यीकरण गर्ने प्रयासमा रहेको र नतिजा देखिन समेत थालेको बताए ।

ठूलो मन्त्री परिषद बनाएको भनि आलोचन गरेको विषयप्रति लक्षित गर्दै २०५ जना सांसद हुँदा पनि ४९ जना र ६०१ संविधानसभा हुँदा ४७ जनाको मन्त्रीपरिषद बनाउनेहरुले नै ठूलो आवाजले विरोध गरिरहेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले केही सञ्चार माध्यम सहमतिको वातावरण विगार्न लागेको आरोप लगाउँदै स्वतन्त्र प्रेस देश, संविधान विरुद्ध र सामाजिक सद्भाव भड्काउन नहुने सुझाव दिए । प्रधानमन्त्रीले आफुलाई असपल बनाउने खेल सुरु भएको पनि बताए । उनले आफ्नो घोषणा गरेको एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने भनि गरेको घोषणालाई असफल बनाउन लागेको आरोप समेत लगाए ।


  •  
  •  
  •