भ्रष्टाचार नियन्त्रणका लागि मेरो सबै शक्ति लगाउँछु : प्रधानमन्त्री

264
  •  
  •  
  •  

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सर्वप्रथम भ्रष्टाचारको रोकथाम र नियन्त्रणको क्षेत्रमा सक्रियतापूर्वक क्रियाशिल रहनु भएका सम्वद्ध सवैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सुशासन, कानूनी राज्यतथा राष्ट्र विकासको मुख्य चुनौतिको रुपमा रहेको भ्रष्टाचारलाई निर्मुल पार्न भ्रष्टाचार रोकथामकानिरोधात्मक, दण्डात्मक एवं प्रवद्र्धनात्मक, सवै उपायहरु अवलम्बन गरी भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीतिलाई व्यवहारमा सबैले अनुभूति गर्न सक्ने गरी उतार्नु नै आजकोहाम्रो प्रमुखदायित्व रहेको छ ।

भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्रको हैशियतले उक्तमहासन्धिले श्रृजना गरेकादायित्वहरुलाई आत्मसातगर्न नेपाल सरकारले “भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि कार्यान्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९” बनाई कार्यान्वयन गरिरहेको छ । भ्रष्टाचार विरुद्धको राष्ट्रिय प्रतिवद्धता र अभियानलाई अझ बढी सशक्त ढंगले अघि बढाउन यस सम्बन्धमा देखिएका कमी कमजोरीलाई हटाइ आवश्यक सबै व्यवस्था गर्दै जाने उद्देश्यका साथ आफ्ना समग्र क्रियाकलापहरुलाई सञ्चालितगर्न नेपाल सरकार प्रतिवद्ध र क्रियाशील छ ।

भ्रष्टाचार नियन्त्रणका लागि आबश्यक कानूनी व्यवस्था र संरचनागत व्यवस्थाको पर्याप्तता भएपनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि अझै हामीले दृढ अठोटका साथ काम गर्नुपर्ने चुनौति हामी सामु रहेको छ । कानूनीव्यवस्थाको निष्ठापूर्वक गरिने कार्यान्वयनले नै कानूनी राज्यको आभाष जनतालाई दिलाउने छ ।

वर्तमान संविधानले व्यवस्था गरे बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन सवै तह र तप्काबाट इमानदारितापूर्वक काम गर्नु पर्ने हुन्छ । संविधानको सफल कार्यान्वयनका लागि अझ वढी जोश, जागरका साथ कार्य गर्नु पर्ने जिम्मेवारी हामी सवै माथि आएको छ ।
भ्रष्टाचार विरुद्ध सबै क्षेत्र, नागरिक समाज, गैर सरकारी निकायहरु, विकासमा साझेदारहरु एवं राजनीतिक दल लगायत समाजका सबै वर्गले हातेमालो गरी राज्यको छवी उच्च तुल्याउने अभिलाषा राखी जनतालाई महसुस हुने गरी परिणाममुखी कार्य गर्नु पर्ने भएको छ । यसका लागि नेपाल सरकारका तर्फबाट कुनै कसर बाँकी नराखी कदम चालिने विश्वास दिलाउन चाहन्छु । अन्त्यमा, यस दिवसले भ्रष्टाचार विरुद्ध लडन हामीलाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।


  •  
  •  
  •