प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्वोधन गर्दै

262
  •  
  •  
  •  

काठमाडौं २४ कात्तिक (ओएनएस) : प्रधामन्त्री चयन भएको एक महिना पुगेकै दिन प्रधानमन्त्ती केपी ओलीले आज देशबासीका नाममा सम्वोधन गर्दैछन् । आज अपरान्ह उनले देशवासीका नाममा औपचारिक सम्बोधन गर्ने छन् ।

KP oliसरकारको नेतृत्व सम्हालेको एक महिना पुगेको सन्दर्भमा मुलुकका समस्या र सरकारले गरिरहेका कामबारे जनतालाई जानकारी गराउन ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार मुलुकको समग्र विषय प्रधानमन्त्रीको सम्बोधनमा आउने छ । सम्वोधनमा अहिलेको संकट र नाकाबन्दीको योजना पनि उनले भन्नेछन् ।

ओलीले आफ्नो कार्यकालमा गर्ने केही कामको सूचीसमेत सम्बोधनमा समेट्ने छन् । प्रधानमन्त्रीको सम्बोधनमा केही प्रतिबद्धता आउनेछन् । तराई मधेशमा आन्दोलन र मधेसी नागरिकलाई पनि विशेष सम्वोधन गर्नेछन् ।

आन्दोलनको क्रममा घाइते भएकाहरूको निशुल्क उपचारको व्यवस्था भएको, झुटा ठहरिएका मुद्दाहरू फिर्ता लिने प्रक्रिया आरम्भ भएको, र मृतकका परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने निर्णय भई कार्यान्वयन भइसकेको विषयमा सम्वोधन मार्फत जानकारी गराउने छन् । ‘

वर्तमान सरकार तराई र देशभरि नै जनतामा परिरहेको मर्का र असुविधाप्रति अत्यन्तै दुःखित र चिन्तित छ । यस्तो संकटको घडिमा आम जनताबाट देखाइएको धैर्य, सदभाव र सदाशयताको निमित्त सरकार सबैमा हार्दिक आभार प्रकट गर्दछ ।’ सम्वोधनमा भनिएको छ ।
साथै सम्वोधन मार्फत भारत सरकालाई पनि विशेष आग्रह गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


  •  
  •  
  •