अर्को पटक पनि नेकपाकाे दईतिहाइकै सरकार बन्छ : प्रधानमन्त्री ओली

151
  •  
  •  
  •  

काठमाडौँ— पार्टी नेताहरूले दिने अभिव्यक्तिमा पनि सजगता अपनाउन आग्रह गरेका छन्।

२६औं मदन आश्रित दिवसको अवसरमा मदन नगर बल्खुमा भएको श्रद्धाञ्जलिसभामा ओलीले आन्तरिक कुराहरू के हुन् भन्ने कुरामा जानकार हुन र आवेश रोक्न उनले आफ्ना नेताहरूलाई आग्रह गरेका हुन्। आफ्नो पार्टीका नेताहरू पैसा कमाउनका लागि राजनीतिमा नलागेको स्पष्ट पार्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने प्रतिबद्धता व्यक्त गरे।

सरकारको विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक र असभ्य बनाउने प्रयास गहिरो गरी भइरहेको भन्दै त्यसतर्फ सरकार सजग रहेकाले प्रतिक्रियावादीहरु सफल नहुने दाबी गरे।

अहिले आफ्नो पार्टी बहुमतकासाथ सरकारमा रहेको भन्दै उनले अहिले नागरिकका पक्षमा काम गरिरहेकाले आगामी निर्वाचनमा पार्टीले दुई तिहाई मत प्राप्त गर्ने दाबी गरे। ‘अहिले हामीसँग अलिकति दुई तिहाई छैन । नपचेर के गर्ने अर्को पटक दुई तिहाईको हुन्छ । यो सरकार ,’ उनले भने।


  •  
  •  
  •