न्यायसहितको समृद्धिको यात्रामा मुलुक: प्रम ओली

331
  •  
  •  
  •  

काठमाडौँ, २२ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रमले मुलुकलाई न्यायसहितको समृद्धिको यात्रामा अघि बढाउने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रममा समाजवादोन्मुख भएकाले देशलाई समृद्धिको यात्रामा डो¥याउने विश्वास व्यक्त गरे।

“संविधानमा नै समाजवादोन्मुख भनेर लेखिएकाले नीति तथा कार्यक्रम पनि समाजवादोन्मुख रहेको छ”, उनले भने, “ सङ्घीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको कार्यक्रमले सरकार मुलुकमा विकास र सुशासन कायम गर्ने मार्गमा अगाडि बढेको स्पष्ट छ ।”

सरकार र पार्टीको उद्देश्य मुलुकलाई समाजवादको गन्तव्यतर्फ उन्मुख गर्ने भएको बताउँदै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमले मुलुकको विकासका आधार तयार गर्ने बताए।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा समावेश गरिएका विषय सत्तापक्षले कुनै प्रतिवाद र प्रतिपक्षले पनि विरोध गर्न नपर्ने गरी ल्याइएको बताए।

 


  •  
  •  
  •