अस्पतालबाटै प्रधानमन्त्रीको भावुक सन्देश

539
  •  
  •  
  •  

काठमाडाैं, १४ कात्तिक (अाेएनएस) : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा अाेलीले देशवासीका नाममा सन्देश जारी गर्दै समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय रहने बताएका छन्।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्। ‘विगतमा झैँ समग्र देशवासी दिदीबहिनी–दाजुभाइहरूको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु।’ अाफू छिट्टै अस्पतालबाट फर्किने उल्लेख गर्दै प्रम अाेलीले भनेका छन्,’चिकित्सकहरूले मलाई दिनुभएको जानकारीअनुसार म छिट्टै नै अस्पतालबाट फर्किनेछु।’

प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह पनि गरेका छन् ।

उनी कात्तिक १२ गतेदेखि मौसमी रुघाखोकीलगायत बिरामीका कारण  अस्पतालमा उपचार गराइरहेका छन्।


  •  
  •  
  •