आज विश्वासको मत लिँदै प्रधानमन्त्री

विश्वासको मतबारे फोरम निर्णय गर्दै
254
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन (ओएनएस) : ३ फागुनमा प्रधानमन्त्रीमा नियुुक्त भएका केपी शर्मा ओली आइतबार विश्वासको मत लिँदैछन्।

प्रतिनिधिसभाको आइतबारको ३ बजेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने छन्।

संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था छ। संविधानअनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ। पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री ओलीलाई आइतबार हुने मतदानमा समर्थन गर्ने भनिएको छ।  राप्रपाबाट प्रतिनिधिसभामा एक सदस्य छन्।

संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने या नदिनेबारे निर्णय गरेको छैन। आइतबार १२ बजे बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय लिने सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।

राष्ट्रिय जनता पार्टीले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने यसअघि जनाइसकेको छ। प्रधानमन्त्रीको विपक्षमा मत दिने विषयमा कांग्रेसबाहेक अन्य कुनै दलले निर्णय गरेका छैनन्।


  •  
  •  
  •