प्रधानमन्त्री ओलीले पहिलो पटक दातृनिकायसँग छलफल गर्दै

216
  •  
  •  
  •  

काठमाडौं १९ कात्तिक (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक दातृ निकायसँग छलफल गर्दैछन् । नेपालको आर्थिक संकट र भूकम्पपछिको पुनःनिर्माणका विषयमा दातृ निकायसँग छलफल गर्न लागेका हुन । भूकम्प गएको ६ महिना वितिसक्दा पनि पुन निर्माणको काम नभएकाले अब त्यसलाई अघि बढाउन प्रधानमन्त्रीले छलफल गर्न लाग्नु भएको हो ।

बिहान साढे १० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफलका लागि बोलाइएको छ । नेपालमा रहेका सबै दातृ निकायका प्रमुखहरुलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । उनका अनुसार सरकार तर्फबाट प्रधानमन्त्री कोइरालाले नेपालको अवस्था र सहयोगको अपेक्षासहितको धारणा राख्नुहुनेछ ।


  •  
  •  
  •