१० दिनभित्र ग्यास आपूर्ति सहज बनाउ : प्रधानमन्त्री कार्यालय

414
  •  
  •  
  •  

Singadarbarकाठमाडौ, १४ माघ (ओएनएस) : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालले बजारमा देखिएको खाना पकाउने ग्यासको चरमअभाव हटाउन र ग्यास आपूर्तिलाई १० दिनभित्र सहज बनाउन नेपाल आयाल निगमलाई निर्देशन दिएको छ ।

मुख्यसचिव लीलामणि पौड्यालको संयोजक रहेको कन्द्रीय अनुगमन तथा मूल्याङकन समितिको बैठकले नेपाल आयल निगमले स्पष्ट कार्ययोजना सहित कार्य अघि बढाउने निर्देशन दिएको हो ।

साथै निगम उपभोक्तासम्म सहज रुपमा पुगेको सुनिश्चितता हुने गरी आवश्यक अनुगमन गर्ने, ग्यास आपूर्ति सहज बनाउन थप पूर्वाधार विकास गर्ने गरी कार्य अघि बढाउने र न्यूनतम एक महिना पुग्ने गरी मौज्दात राख्ने समेत व्यवस्था मिलाउने पनि निर्णय भएको छ ।

यस्तै ग्यासको व्यावसायिक र घरेलु प्रयोगका लागि तोकिएको निलो र रातो सिलिन्डर प्रयोगमा ल्याउदै ग्यासको कृतिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानून अनुसार कडा कारवाही गर्न पनि निर्देशन दिएको छ ।

आगामी २०७२ बैशाख २ गतेभित्र सबै क्षेत्रका सामुदायिक विद्यालयका प्रत्येक विद्यार्थीले पाठ्यपुस्तक पाउने कुरा सुनिश्चित हुने गरी प्रकाशन र वितरणको व्यवस्था शिक्षा मन्त्रालयले मिलाउन पनि निर्देशक दिइएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड र साझा प्रकाशनले समन्वयात्मक तथा योजनावद्ध ढङगले कार्ययोजना बनाई काम अगाडि बढाउन मुख्यसचिव पौड्याालले निर्देशन दिए ।

साथै पाठ्यपुस्तकको हालसम्म रहेको मौज्दात, वास्तविक आवश्यकता, वितरणको व्यवस्थासमेतको शिक्षा मन्त्रालयले सहसचिवको संयोजकत्वमा एक समुह गठन गरी प्रत्येक हप्ता नियमित अनुगमन तथा निर्देशन दिइएको छ ।


  •  
  •  
  •