बालुवाटारमा प्रधानमन्त्री कार्यालय !

349
  •  
  •  
  •  

खेमराज थापा
Baluwatar-PMकाठमाडौं, ४ भदौं (ओएनएस) : प्रधानमन्त्री सुशील कोइराला अमेरिकामा उपचार गराएर साउन ७ मा स्वदेश  फर्केयता बुधबारसम्म ४ पटक मन्त्रिपरिषद् बैठक बसेका छन् । ती सबै बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा नभएर प्रधानमन्त्री निवास वालुाटारमा भए ।

स्वदेश फर्केलगत्तै नेपाल–भारत सँयुक्त आयोगको बैठकबारे एजेन्डा तय गर्न साउन ८ मा मन्त्रिपषिद् बसेको थियो । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको मिति तय गर्न साउन १३ मा मन्त्रिपरिषद् बैठक बसेको थियो । साउन २२ मा सचिब बढुवाका लागि बैठक बस्यो । साउन २९ मा नेपाल प्रहरीको एआईजी बढुावका लागि बैठक बस्यो । यी सबै बैठक वालुटारमै भए ।

प्रधानमन्त्री कोइरालको स्वास्थ्य अवस्थाका कारण मन्त्रिपरिषदका बैठक वालुवाटारमै बसेका हुन् । यो बीचमा कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका लागि सिंहदरवार आउनै पर्ने वाध्यता भएपछि साउन १८ मा उनी सिंहदरवार आएका थिए ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा हुने सबै काम आजभोली कोइरालाले वालुवाटारबाट गर्दै आएको प्रधानमन्त्री निकट स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्रीले सदर गर्नुपर्ने विभिन्न निर्णयका फाइल बोकेर मुख्य सचिब वालुवाटारमै जाने गरेका छन् । प्रधानमन्त्री सिंहदरवार नआउनुको मुख्य कारण उनको स्वास्थ्य अवस्था हो । उनका नीजि डाक्टर कविरनाथ योगीले कोइरालाले पूर्ण आराम गर्नुपर्ने अमेरिकी डाक्टरले सुझाव दिएको विज्ञप्तीमाफर्त जानकारी दिएका छन् ।

मन्त्रिपरिषद् बैठकमात्र होइन आजभोली विभिन्न निकायका प्रतिवेदन पनि प्रधानमन्त्रीले वालुवाटारमै बुझ्दै आएका छन् । गएको शुक्रबार राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन र मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रतिवेदन उनले वालुवाटारमै बुझे ।

योबीचमा कांग्रेस पदाधिकारीको बैठक पनि थुप्रैपटक बसेको छ । मंगलबार पनि कांग्रेस पदाधिकारी र कांग्रेसका तर्फबाट मन्त्री बनेकाहरुको सँयुक्त बैठक वालुवाटारमै बसेको थियो । यस्ता बैठकमात्र होइन, प्रधानमन्त्रीलाई भेट्न चाहने जो कोहीले पनि वालुवाटारमै जानुपर्छ । सामान्य कामका लागि प्रधानमन्त्रीलाई कसैले भेट्नै पाएका छैनन् भने, विशेष अवस्थामा पनि उनलाई भेट्न वालुवाटारमै जानुपर्ने अवस्था छ । यो बीचमा एमाले अध्यक्ष केपी ओली एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल वालुवाटारमै पुगेर कोइरालासँग भेट गरेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण सरकारको दैनिक प्रशासन सञ्चालनैम प्रभाव परेको र प्रधानमन्त्री वालुटारमै सिमितको टिकाटिप्पणी हुन थालेपछि गएको सोमबार भएको संसद् बैठकमा उनी उपस्थित भएका थिए, भने मंगलबारबाट दिनको केही घण्टा सिंदरवारस्थित आफ्नो नीजि सचिवालयमा आउन थालेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारी प्रधामन्त्री सिंहदरवारमा आउन थालेको बताउँछन् । उनले ओएनएससँग भने, ‘बुधबार सिंहदरवामै दुई वटा मिटिङमा उहाँ(प्रधानमन्त्री) सहभागी हुनुभएको छ ।’

फोक्सोमा क्यान्सर भएपछि कोइरालको अमेरिकामा उपचार भएको थियो । उनी फ्लोअप जाँचका लागि ३ महिनापछि फेरि अमेरिका जानुपर्ने छ ।


  •  
  •  
  •