प्रधानमन्त्री र एनआरएन प्रतिनिधि मण्डलबीच भेट

114
  •  
  •  
  •  

काठमाडौं, २८ असोज (ओएनएस) : गैरआवासीय नेपाल संघका अध्यक्ष शेष घले नेतृत्वको प्रतिनीधि मण्डलले प्रधानमन्त्री सुशील कोईरालासँग भेट गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार भएको भेटमा गैरआवासीय नेपालीले नेपालमा गरेको लगानी, लगानीको वातावरण,संविधान निर्माण प्रक्रिया, खुला विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भेटमा प्रधानमन्त्री कोइरालाले पनि संविधानसभाको निर्वाचन भएर आफ्नो नेतृत्वमा सरकार गठन भएपछि शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकासलाई मूलमन्त्र बनाएर काम गरिरहेको बताएको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री कोइरालाले संघका अध्यक्ष घले आफैले आठ अर्ब रुपैयाँमा पाँचतारे होटल निर्माण कार्यको थालनी गरेर विदेशी लगानी भित्र्याउने कार्यको अग्रसरता लिनुभएकोमा धन्यवाद दिएका थिए ।


  •  
  •  
  •