प्रधानमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन

381
  •  
  •  
  •  

काठमाडौं,७ (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्बदलीय बैठक निश्कर्ष विहिन हुदै टुङ्गिएको छ ।बैठकमा निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाएका पाँच दलका शीर्ष नेताहरुलाई बोलाइएको थियो ।

बैठकमा राष्ट्रिय सभा बिद्येकमा सहमती जुट्न नसक्दा बैठक स्थगीत बनेको हो । दलहरुको आ—आफ्नै अडानका कारण बैठक निश्कर्ष विहिन बनेको बैठकमा उक सहभागी नेताले जनाएका छन् । बैठक पुन वस्ने सहमतीका साथ स्थगित भएको जनाएको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।


  •  
  •  
  •