राष्ट्रिय सुरक्षा नीति चाँडै : प्रधानमन्त्री

54
  •  
  •  
  •  

काठमाडौं, २८ असोज (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले सरकारले राष्ट्रिय सुरक्षा नीतिका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । मंगलबार संसद्को बैठकमा विनियोजन विधेयकका सम्बन्धमा सांसदहरुले उठाएका पश्नको जवाफ दिदैँ प्रधानमन्त्री कोइरालले राष्ट्रिय सुरक्षा नीति देशको आवश्यकता भन्दै त्यसको तयारीमा सरकारले काम गरिरहेको बताएका हुन् ।

विगतमा कार्यदलले केही सुझाव तयार पारेको भन्दै त्यसकै आधारमा राष्ट्रिय सुरक्षा नीति निर्माण गर्ने प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्री कोइरालाले सरकारको नीति तथा कार्यक्रममा आधारमा आएको विनयोजन विधेयकले सन २०२२ सम्म अत्ति कम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा पुर्याउन आवश्यक पूर्वाधार विकास यस बजेटको प्राथमिकतामा परेको बताए । ‘बजेटमा उल्लेखित कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सकेमा विकास प्रतिको सरकारको प्रतिबद्धतामा जनताको विश्वास आर्जन हुने अपेक्षा गरेको छु’ प्रधानमन्त्री कोइरालाले आफ्नो जवाफमा भने ।

कोइरालाले राष्ट्रिय योजना अयोगको संरचनामा हेरफेर गर्ने जानकारी दिए । उसले आयोगको पुनर्संरचनाका लागि सरकारले अध्ययन गरिरहेको बताए । उनले भने,‘‘बदलीदो परिस्थितिमा राष्ट्रिय योजना आयोगलाई ढाल्नु र समयअनुकुल यसको संरचनामा हेरफेर गर्नु आवस्यक छ, यसको पुनःसंरचना र प्रभावकारीका विषयमा सरकारले अध्ययन गरिरहेको छ ।’
विज्ञान तथा प्रविधि मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री कोईरालाले सरकार विज्ञान प्रविधिको विकासमा प्रतिबद्ध रहेको बताए । उनले यो अर्थिक बर्षमा एक लाख २५ हजार सोलार प्लान्ट जडान गर्ने लक्ष्य लिएको जानकारी दिए ।
प्रधानमन्त्री कोइरालाले राष्ट्रिय सहकारी नीति स्वीकृत भएर कार्यान्वयनका लागि तयारी अवस्थामा रहेको बताए ।


  •  
  •  
  •