प्रधानमन्त्रीले दिदीको हातबाट टिका लगाए

76
  •  
  •  
  •  

काठमाडौं, १७ असोज (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार बिहान १०:१५ बजे ८१ बर्षीय दिदी आभादेवी शर्माबाट बिजयादशमीको टीका जमरा ग्रहण गरी आर्शिवाद लिएका छन्।
बडा दशैको टीकाको अवसरमा प्रधानमन्त्री कोइरालाले भाइबुहारी,भाञ्जाभाञ्जी,भाञ्जी बुहारी, भतिजा भतिजी, भतिजाबुहारी  र नाति नातिना लगायत परिवारका सदस्यहरुलाई टीका लगाइ आशिर्वाद दिए।
प्रधानमन्त्री कोइरालाले आफ्नो निजी सचिवालयमा  कार्यरत कर्मचारीहरुलाई पनि टीका लगाई आशिर्वाद दिएका छन्।
टीका ग्रहण कार्र्यक्रममा सञ्चारकर्मीहरुसंग बोल्दै प्रधानमन्त्री कोइरालाले विजया दशमीको अवसरमा नेपालको मेचीदेखि महाकालीका  तराइ, पहाड र हिमालमा बस्ने सहित विदेशमा रहनुभएका समस्त नेपाली
दिदी बहिनी तथा दाजुभाइहरुलाई सुस्वास्थ्य,दीर्घायु,सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरे।।
प्रधानमन्त्री कोइरालाले आज अपरान्ह  १२ बजे राष्ट्र्पति डा. रामबरण यादबबाट टीका ग्रहण गरी आशिर्वाद लिने कार्यक्रम छ। उनले दिउसो २ बजेदेखि ४ बजेसम्म पार्टी कार्यकर्ता र सर्वसाधरणहरुलाई टीका लगाइ आशिर्वाद दिने कार्यक्रम रहेको छ ।

 


  •  
  •  
  •