प्रधानमन्त्री कोइराला र युरोपियन कमिसन अध्यक्षबीच भेटवार्ता

77
  •  
  •  
  •  

काठमाडौं, १५ असोज (ओएनएस):  प्रधानमन्त्री सुशील कोइराला र युरोपियन कमिसनका अध्यक्ष जोसे मानुइल बारासोबीच  भेटवार्ता भएको छ ।    कमिसनको मुख्यालय ब्रसेल्समा भएको भेटवार्तामा उनीहरुबीच नेपालको शान्तिप्रक्रिया, संविधान लेखन, युनियन र नेपालबीचको सम्बन्ध तथा सहयोगका प्राथमिकताका क्षेत्रबारे छलफल भएको थियो ।सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको आर्थिक तथा सामाजिक विकासका साथै लोकतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा शान्तिप्रक्रिया, संविधान लेखनमा युरोपियन युनियनले पु¥याउँदै आएको सहयोग र सद्भावका लागि धन्यवाद व्यक्त गरे ।

राजनीतिक दलहरुबीचको सहकार्य र सहमतिका आधारमा निर्धारण गरिएको समयसीमाभित्रै संविधान जारी गर्न लचकताका साथ सहज वातावरण बनाउने प्रयत्न गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले  नेपालको समृद्धिका लागि इयुका तर्फबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।   सो अवसरमा अध्यक्ष बारासोले नेपालको शान्तिप्रक्रिया र संविधान लेखन कार्यमा युनियनले भरपर्दाे मित्रका रुपमा सहयोग पु¥याउँदै आएको बारे चर्चा गर्नुभएको परराष्ट्र मन्त्रालयका कामु सचिव शंकरदास वैरागीले जानकारी दिए ।
प्रस्तावित लोकतान्त्रिक नयाँ संविधान जारी भएपछि लामो समयदेखि हुन जनप्रतिनिधिविहीन अवस्थामा रहेको स्थानीय निकायका निर्वाचन हुने इयु विश्वस्त रहेको बताउँदै अध्यक्ष बारासोले सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल सफल भएको भन्दै सराहना  गरे ।सन् २०२५ सम्ममा नेपाल अतिकम विकसित मुलुकको सूचीबाट रुपान्तरण भएर विकासशील राष्ट्रमा हुने विश्वास व्यक्त गर्दै उनले नेपालको ग्रामीण विकास, सुशासन प्रवद्र्धन र शिक्षाको क्षेत्रमा इयुको लगानी कायम रहने जानकारी दिए  । संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा प्रधानमन्त्री कोइराला सङ्घीय अधिराज्य बेल्जियम र लक्जेमबर्ग भ्रमणमा छन् ।


  •  
  •  
  •