प्रधानमन्त्री कोइराला र युरोपियन युनियनका अध्यक्ष बीच भेटवार्ता

69
  •  
  •  
  •  

काठमाडौं, १४ असोज (ओएनएस) : प्रधानमन्त्री सुशिल कोइरालाले युरोपियन युनियनका अध्यक्ष हर्मन भान रोम्पोइसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र युरोपियन युनियनबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै समसामयिक चासोका अरु विषयमा कुराकानी भएको छ ।

भेटमा प्रधानमन्त्री कोइरालाले युरोपियन युनियनले नेपालको विकास तथा चालू शान्ति प्रकियामा प्रदान गर्दै आएको सहयोग र सदभावको लागि धन्यवाद दिए । नेपालको संविधान लेखन सम्बन्धी पछिल्लो विकासक्रमबारे जानकारी दिँदै कोइरालाले तोकिएकै समयमा संविधान बन्नेमा आफू विश्वस्त रहेको र त्यहि अनुसार संविधान लेखनका जटिल मुद्दालाई सुल्झाउन सरकार लागी परेको पनि बताए ।   त्यस्तै प्रधानमन्त्री कोइरालाले लक्जेम्बर्गका प्रधानमन्त्री जेभिएर बेट्टेलसँग पनि भेटवार्ता गरेका छन् ।


  •  
  •  
  •