प्रधानमन्त्री कोइराला र अमेरिकी राष्ट्रपतिवीच भेटवार्ता

121
  •  
  •  
  •  

काठमाडौं, ८ असोज (ओएनएस)  : प्रधानमन्त्री सुशील कोइराला र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच मंगलबार राति  भेटवार्ता भएको छ ।

राष्ट्र संघको ६९ औं महासभामा सहभागी राष्ट्र एवं सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामा र प्रथम महिला मिचेल ओबामाद्वारा आयोजित रिसेप्सन कार्यक्रममा कोइराला सहभागी भएका थिए ।

उक्त कार्यक्रममा भएको भेटमा प्रधानमन्त्री कोइरालाले आफूहरु संविधान निमार्णमा लागिरहेको राष्ट्रपति ओमाबालाई जानकारी दिएका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले ओबामालाई नेपाल भ्रमणको निम्तो दिएको नेपाल मिसनले जनाएको छ ।


  •  
  •  
  •