मितव्ययी प्रधानमन्त्रीको भ्रमण खर्च दुई करोड

76
  •  
  •  
  •  

काठमाडौं, ८ असोज:  गरिब र मितव्ययी प्रधानमनत्ती भनेर ठूलो चर्चा पाएका सुशील कोइरालाको एउटा विदेश भ्रमणको खर्चमात्रै दुई करोडको हाराहारी पुगेको छ । कोइरालाको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएको टोलीको खर्चका लागि सरकारले झण्डै दुई करोड रुपैयाँ निकासा गरेको आजको अन्नपूर्ण पोष्टमा खबर छापिएको छ ।

संसारकै गरिब र मितव्ययी प्रधानमन्त्री भनेर कमाएको चर्चा सेलाउन नपाउँदै कोइराला २२ सदस्यीय टोली लिएर न्युयोर्क पुगेका छन् । मन्त्रीपरिषद्को बैठकले भदौ २६ गते गरेको निर्णय अनुसार अर्थ मन्त्रालयले भ्रमण दलका लागि एक रोड ९० लाख २४ हजार ६ सय २२ रुपैयाँ निकासा गरेको छ । भ्रमण्का क्रममा योभन्दा बढी खर्च हुन सक्ने भनिएको छ ।

बिमस्टेक बैठकमा सहभागी हुन इकोनोमी क्लासको हवाइ टिकटमा जाने भएपछि प्रधानमन्त्री कोइरालाले ठूलो चर्चा कमाएका थिए । उनको प्रशंसामा द वासिङ्टन पोस्ट देखि बिबिसीलगायतका संचार माध्यमले समाचारनै प्रकाशित गरेका थिए ।

अन्नपुर्ण पोष्ट बाट


  •  
  •  
  •