प्रधानमन्त्रीको अपेक्षा जलविद्युत, पर्यटन र कृषि

127
  •  
  •  
  •  

 

कुनमिङ चीन , २२ जेठ (ओएनएस) । चीनको दुई दिने भ्रमणमा रहनु भएका प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा जलविद्युत, पर्यटन र कृषिको विकासमा चीनीयाँ सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

कुनमिन भ्रमणको क्रममा युनान प्रान्तका चीनीया कम्यूनिष्ट पार्टीका सचिव किन गुनेरोङसँगको भेटवार्ताको क्रममा नेपालमा शान्तिसँगै विकासको अभियान सुरु भएको जानकारी दिदै सो अभियानलाई सफल बनाउन चीनको सहयोग आवश्यक भएको बताएका थिए ।
प्रधानमन्त्रीले भृकुटी र अरनिकोले सुरु गरेको हजारौ वर्षदेखिको चीन नेपाल सम्बन्ध सुमधुर रहेको भन्दै आफ्नो भ्रमणले अझै सम्बन्धलाई सुदृढ पार्ने विश्वास ब्यक्त गरे ।
वीपी कोइराला र माओत्सेतुङको भेटवार्ताको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले अहिलेको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो बनाउने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले शान्ति, स्थायीत्व र संविधान निर्माणको लागि नेपालका राजनीतिक दलहरुले मिलेर काम गरिरहेको जानकारी दिदै सहमतिकै रुपमा आफ्नो भ्रमण दलसमेत रहेको बताएका थिए ।
प्रधानमन्त्री कोइरालाको युनान प्रान्तका चीनीया कम्यूनिष्ट पार्टीका सचिव किन गुनेरोङले आयोजना गरेको रात्रिभोजमा सरिक हुने कार्यक्रम पनि रहेको छ ।

 


  •  
  •  
  •