मोदीका आफ्नै भाईद्धारा मोदी सरकारको विरोधमा प्रदर्शन

197
  •  
  •  
  •  

prahlad-modiकाठमाडौ, ४ चैत(एजेन्सी) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाई प्रह्लाद मोदीले मंगलबार किराना पसलका डिलरहरूसँग रहेर नयाँ दिल्लीमास प्रदर्शन गरेका छन् । आफ्नै दाईको नेतृत्वमा चलिरहेको केन्द्र सरकारको विरूद्धमा प्रदर्शन गरेका हुन् ।

मोदीका भाई पेशाले व्यापारी हुन् र आफ्नै दाईको सरकारविरूद्ध यस्तो प्रदर्शन किन भनेर सोधिएको प्रश्नमा उनले भने, ‘समस्या मेरो पेशासँग जोडिएको छ, त्यसैले ।’ उनले थपे, ‘मेरो विरोध दाईको विरूद्धमा विद्रोह होइन । मेरो लागी उनी पूजनीय छन् । म उनको सम्मान गर्छु । तर, जुन पेशामा म छु, त्यसको तर्फबाट आवाज उठाउन आएको हुँ ।’

प्रदर्शनपछि उनी अन्य पदाधिकारीहरूसँग प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका थिए । विरोध प्रदर्शन अल इण्डिया फेयर शप फेडेरेशनले गरिरहेको छ । प्रह्लाद उक्त फेडेरेशनका उपाध्यक्ष हुन् ।

प्रह्लादले भने, ‘केन्द्रको भाजपा सरकार मानिसको आशा अनुसारको काम गर्न सकिरहेको छैन् । भाजपालाई निर्वाचन जिताउनका लागि मेहनत गरिन्छ, त्यसपछि हामीलाई धर्ना दिनको लागि यहाँ आउनुपर्छ ।’

प्रह्लादले जुन कुरा दिल्लीमा भएको छ त्यो बिहार र उत्तर प्रदेशमा पनि हुन सक्छ । प्रह्लादले भने, ‘लगभग सबै राष्ट्रिय पार्टीहरू भष्ट्राचारलाई बढावा दिइरहेका छन् । म भाजपाको सदस्य हुँ । तर, म राष्ट्रिय पार्टीको गलत नीतिको विरोध गर्छु ।’


  •  
  •  
  •