सहमति जुटाउन प्रधानमन्त्रीको पहल सुरु

102
  •  
  •  
  •  

काठमाडौं १ जेठ (ओएनएस) : संसदको नियमावलीका विषयमा छलफल गर्न प्रमुख दलहरुको बैठक बस्दैछ । विवादित विषयमा सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रमुख दलहरुको बैठक बोलाउनु भएको छ । लामो समय कटाएर पनि व्यवस्थापिका संसदमा अपुरो संसद संचालन नियमावली मस्यौदा पे्श भएपछि त्यसमा सहमति जुटाउन प्रयास सुरु भएको हो । संसदीय सुनुवाइ विशेष समितिमा रहने सदस्य संख्यामा देखिएको विवाद थाँती राखेर मस्यौदा समितिका संयोजक राधेश्याम अधिकारीले बैशाख २३ गते संसदमा मस्यौदा प्रतिवेदन पेश गरेका थिए ।

सत्तारुढ नेकपा एमाले र एकीकृत नेकपा माओवादीले संविधान अनुसार १५ सदस्यीय तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र साना दलले पुरानै नियमावली अनुसार ७५ सदस्यीय सुनुवाई विशेष समिति बनाउनुपर्ने अडान राख्दै आएका छन् । संख्यामा सहमति नजुटेपछि प्रधानमन्त्रीले सहमतिका लागि प्रयास गर्नु भएको हो । छलफल बिहान बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको उनका प्रेस सल्लाहाकार प्रमोद दाहालले जानकारी दिए ।

व्यवस्थापिका संसदले आफ्नो नियमावली बनाउनका लागि एक महिनाको समय दिएर गत असोज २५ गते अधिकारीको संयोजकत्वमा नियमावली मस्यौदा समिति गठन गरेको थियो । ८ महिनामा ५ पटक समय थप गरिए पनि मस्यौदाले पूर्णरुप पाउन सकेन ।


  •  
  •  
  •