प्रधानमन्त्री कोइराला र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

120
  •  
  •  
  •  

काठमाडौं, १२ असोज (ओएनएस) प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघको ६९ औ महासभामा सहभागी हुन अमेरिका रहेका दुई प्रधानमन्त्रीच आज भेटवार्ता भएको हो ।

भेटमा उनीबीच सार्क सम्मेलनको तयारी, नेपाल भारतबीच भएका व्यापारिक सम्झौताका विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री कोइरालले नेपालमा लागानीका लागि वातावरण बनेकाले दुई देशको हित हुने गरी अरु काम पनि गर्न सकिने बताएका थिए ।

नेपालमा संविधान निर्माणमा सबै दललाई सहभागी गराउने प्रयास जारी रहेकाले सबै दलको सहभागीतामा संविधान बन्ने पनि कोइरालले बताए । सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले सार्क सम्मेलनका विषयमा चासो राख्नुहुदै सम्मेलनमा सहभागी हुन नेपाल आएका वेला लुम्वीनी र जनकपुरको भ्रमण गर्ने इच्छा पुरा हुने बताएका छन् ।

यसैबीच प्रधानमन्त्री कोइराला र संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनबीच पनि विशेष भेटवार्ता भएको छ । हिजो भएको भेटमा नेपालको शन्त्त्ति प्रकृया र नेपालमा राष्ट्रसंको भुमिकाको विषयमा कुराकानी भएको थियो । असोज ३ गते अमेरिकका लागि प्रस्तान गर्नु भएका कोइराला असोज १६ गते भ्रमण दलका अरु प्रतिनिधिमण्डलसँग नेपाल फर्कने कार्यक्रम छ ।


  •  
  •  
  •