प्रधानमन्त्रीले बोल्छु भनेपछि प्रतिपक्षीले सुन्नुपर्छ : नेपाल

117
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसले संसदीय परम्परा नमानेर गलत नजिर बसाल्न खोजेको बताएका छन् ।

मंगलबारको संसद बैठकमा प्रधानमन्त्री बोल्न भनेर रोष्ट्रममा पुगिसकेका बेला नाराबाजी गर्नु र बोल्न नदिनु संसदीय परम्पराविरुद्ध रहेको उनले बताए ।

प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि बाहिर आएर प्रतिक्रिया दिँदै उनले संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले बोल्छु भनेपछि प्रतिपक्षीले सुन्नुपर्ने बताए । कांग्रेसले आफैँ बोल्न पाउनुपर्छ भन्दै संसदीय मूल्य नाघेको उनको भनाइ छ ।


  •  
  •  
  •