प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग भेट्नुभएको छैन : बाँस्कोटा

766
  •  
  •  
  •  

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘रअ’ प्रमुखसँग भेट नभएको स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले ‘रअ’का प्रमुखलाई प्रधानमन्त्री ओलीको नभेटेको बताए ।

उनले प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग भेटेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा भने, ‘प्रधानमन्त्रीले भेट्नुभएको छैन र्। युमर क्रिएट गर्ने काम नगरौं । क–कसले भेट्नुभयो हामीलाई थाहा पनि छैन । भेट्नै हुँदैनथ्यो भन्ने पनि लाग्दैन । म दाबीका साथ भन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ भेटेकै जस्तो लाग्दैन ।’

प्रधानमन्त्रीले भेटेको हो भन्ने पुष्टि गर्ने भए तथ्य प्रमाणसहित आउन पनि चुनौती दिए ।  बाँस्कोटाले ‘रअ’ प्रमुखलाई भेटेर कोही ‘रअ’ पक्षधर नहुने भन्दै घुताभाषी मान्यता नराख्न पनि आग्रह गरे ।

‘रअ’का प्रमुख सामन्त गोयल नेतृत्वको टोली शनिबार नेपाल आएको थियो ।


  •  
  •  
  •