प्रधानमन्त्री ओलीलाई भेट्न गौतम र पौडेल सिंगापुर जाँदै

381
  •  
  •  
  •  

काठमाडौं । नेकपाका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णु पौडेल आज सिंगापुर जाँदैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न गौतम र पौडेल मंगलबार दिउँसो सिंगापुर जान लागेका हुन् ।
पार्टीको तर्फबाट प्रधानमन्त्री ओलीलाई भेट्न गौतम र पौडेल सिंगापुर जान लागेको पौडेलका स्वकीय सचिव यम पाण्डेले बताए ।

उनीहरु दिउँसो साढे १ बजे सिंगापुर जाँदैछन् । उनीहरु प्रधानमन्त्रीसँगै स्वदेश फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीको यहि भदौ ५ गते देखि सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा ओलीको मृगौलाको उपचार भइरहेको छ ।

ओली शुक्रबार वा शनिबार स्वदेश फर्कने नेकपा स्रोतले जनाएको छ ।


  •  
  •  
  •