प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने

141
  •  
  •  
  •  

काठमाडौँ, २३ बैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने भएका छन् ।

पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे संसदलाई सम्बोधन गर्ने भएका हुन् ।

बुधबार एमोओवादीका अध्यक्ष प्रचण्डले एक विज्ञप्ती जारी गर्दै आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि आव्हान गरेपछिको अवस्थामा केन्द्रित भएर संसदलाई सम्बोधन गर्न लागेका हुन् । यद्यपी एमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ला नलिने निर्णय गरिसकेको छ ।

आजै बिहान बसेको मन्त्रीपरिषदको बैठकमा एमाओवादी तर्फका मन्त्रीहरु अनुपस्थित भएपछि मन्त्रीपरिषदको बैठकसमेत स्थगित भएको थियो ।


  •  
  •  
  •