धरहरा पुगेर प्रधानमन्त्रीले अर्पण गरे श्रद्धाञ्जली

315
  •  
  •  
  •  

काठमाडौँ, १२ वैशाख(ओएनएस) : गत वर्ष बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी दिवंगत भएका सम्पूर्ण नेपालीप्रति आज राष्ट्रले ऋद्धाञ्जली अर्पण गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको वर्षदिन पूरा भएको सम्झनामा सुन्धारास्थित धरहरा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । प्रधानमन्त्री ओलीले सुन्धारामा आयोजित कार्यक्रममा एक मिनेट मौनधारण गर्दै धरहरामा भूकम्पमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पुष्पगुच्छा अर्पण गरेका छन् ।

उक्त कार्यक्रममा उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी र विभिन्न संघसस्थाका पदाधीकारी र पर्यटन व्यवसायीले भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

गत वैशाख १२का दिन ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प र पराकम्प गरी करिब नौ हजार नेपालीको ज्यान गएको थियो ।
भूकम्पबाट क्षति पुगेका संरचनाको पुनःनिर्माण तथा भूकम्पबाट पीडितहरूको उद्धार र पुनःस्थापनाको काम जारी छ । तर, सोचेअनुरूप पुनःनिर्माण तथा पुनःस्थापनाको काम भने तिव्र रूपमा हुन सकेको छैन् । पुनःनिर्माण प्राधिकरणको गठन गरेर काम थालिएपछि कामले तिव्रता भने लिन सकेको छैन् ।


  •  
  •  
  •