काठमाडौँ, २० फागुन(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई विश्वासिलो र भरिलो बन्न आग्रह गरेका छन् । उनले महाधिवेसन पनि जनताको चाहना अनुसार अडिलो, भरिलो, विश्वासिलो र बचनको परिपक्क बन्न आग्रह गरे ।
१३औं महाधिवेसनको उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस महाधिवेसनपछि नयाँ रुपमा आउनुपर्ने बताए । ‘सबैको चाहना भरपरर्दो पत्यारिलो इमान र बचनमा अडेको काग्रेस चाहेका छन् ।’, प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले कांग्रेसलाई सरकारमा आएर सहकार्य बढाउन पनि आह्वान गरे । नेकपा एमाले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्न तयार रहेकाले सबै दलहरु मिलेर अब सरकारको नेतृत्व गर्नुपर्ने बताए । कांग्रेसको १३औं महाधिवेसनमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले अब सबै मिलेर देशको विकास गर्नुपर्ने भएकाले अब कांग्रेसले त्यो उचाईमा रहेर निर्णय गर्नुपर्ने बताए ।