नेपालमा राजनीतिक स्थायित्व कायम हुने चिनियाँ राष्ट्रपतिको विश्वास

187
  •  
  •  
  •  

काठमाडौँ, ८ चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच आज भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति जिनपिङले नेपालमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरेका छन् । सोमबार अपरान्ह भएको भेटवार्तामा चिनियाँ राष्ट्रपतिले नयाँ संविधान जारी भएपछि नेपालमा राजनीतिक स्थायित्व हुने विश्वास व्यक्त गरेका हुन् ।

नेपाली भ्रमण टोलीका साथ पुगेका प्रधानमन्त्रीसँग भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका सम्बन्धमा पनि छलफल भएको थियो । भेटपछि आफ्नो चीन भ्रमणले नेपाल र चीनको सम्बन्धलाई थप मजबुत बनाएको प्रधानमन्त्रीले ओलीले प्रतिक्रिया दिएका छन् । उनले चीन सरकारले नेपाललाई उच्च सम्मान र स्वागत दिएको समेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीका साथ चार मन्त्री र उच्च सरकारी अधिकारी पनि भेटवार्तामा सहभागी रहेका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लि खछ्याङसँग भेट गरेका थिए । उक्त भेटवार्ता लगत्तै नेपाल र चीनबीच विभिन्न १० वटा समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।


  •  
  •  
  •