पुनःनिर्माणमा युवाहरू स्वयंसेवी : प्रधानमन्त्री

160
  •  
  •  
  •  

काठमाडौँ, २ माघ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पुनर्निर्माण अभियानमा युवाहरुलाई स्वयंसेवीकारुपमा खटाउने तयारी गरिएको बताएका छन् ।

काठमाडौंको रानीपोखरीमा राष्ट्रिय पुनर्निर्माण अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्रीले पुनर्निर्माण अभियानमा स्वयंसेवी बन्न तयार रहन युवाहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले राजनीतिक दलहरुलाई युवा स्वयंसेवी उतार्ने प्रतिस्पर्धा गर्न समेत आग्रह गरेका छन् ।
उनले देशलाई विपति परेको अवस्थामा कसैले अनुचित लाभ कमाउन र भ्रष्टाचार गर्छ भने त्यो सैह्य नहुने धारणा व्यक्त गरेका छन् ।

पुनर्निर्माण महाअभियानमा प्रतिबद्धता जनाउन आएका कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि पुनर्निर्माणमा ‘कम्प्रोमाइज’ नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले पुनर्निर्माणमा सरकारलाई पूर्णरुपमा सघाउने पनि प्रतिबद्धता जनाए । उनले भूकम्प गएकाबेला आफ्नो दल विपक्षमा रहे पनि आफूले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले पीडितको उद्धार र राहतमा सरकारलाई सघाउने घोषणा गरेको स्मरण गरे ।

प्रमुख विपक्षी दलका नेतासमेत रहेका कोइरालाले पनि सरकारले गर्ने सबै असल कामको सहयोग गर्ने प्रतिबद्धता जनाए


  •  
  •  
  •