प्रधानमन्त्रीका पाहुनालाई ३ लाखको जलपान

190
  •  
  •  
  •  

काठमाडौं, २५ वैशाख (ओएनएस) : मितव्ययिताको नारा ल्याउँदै मन्त्रिपरिषद् बैठकको खर्च कम गरेका विश्वकै गरिब प्रधानमन्त्री सुशील कोइरालाले पाहुनाको सत्कार मन खोलेर गर्ने गरेको देखिएको छ ।
सरकारी निवास बालुवाटारमा आउने स्वदेशी तथा विदेशी पाहुना र बैठकमा जलपान गराएको खर्च भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तीन लाख १७ हजार ६ सय ३ रुपैयाँको बिल भुक्तान गरेको छ ।
गत २३ गते दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेस धापासीलाई ‘सिधै खरिद’ (बिना टेण्डर)को खरिद प्रक्रिया अन्तर्गत यति धेरै रकम भुक्तान गरिएको हो । सामान्यतयाः सरकारी कार्यालयमा नियमित हुने खानपानको व्यवस्थाका लागि वार्षिक रुपमा टेण्डरमार्फत सप्लायर्स छानिन्छ ।
७२ घण्टाका लागि वेवसाइटमा सार्वजनिक गरिएको मन्त्रिपरिषद्को बिलमा मन्त्रीहरुको जिल्ला भ्रमणको खर्च भुक्तानीको ठाउँ पनि ठूलै छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विभिन्न जिल्ला भ्रमण गरेर एक लाख २३ हजार ९ सय ५० भुक्तान लिएका छन् । त्यस्तै सिँचाई मन्त्री नारायण साउदले पनि ५४ हजार ४ सय ३० रुपैयाँ भ्रमणको खर्च लगेका छन् ।
जिल्ला भ्रमणकै खर्चका लागि यही बिचमा एमालेबाट सरकारमा सहभागी तीन मन्त्रीले झण्डै एक लाख सिध्याएका थिए ।
मन्त्रीहरु पुरुषोत्तम पौडेल, राधा ज्ञवाली, कर्णबहादुर थापाले क्रमशः २७ हजार ७ सय ८५, ३६ हजार ३ सय ७५ र ३४ हजार २५ रुपैयाँ भ्रमण खर्च लिएका छन् ।
cost
cost pm office

  •  
  •  
  •