प्रधानमन्त्री कोइराला मुस्कुराउँदा…(तस्वीरसहित)

179
  •  
  •  
  •  

काठमाडौं, १ साउन (एजेन्सी) । एकमहिनादेखी अमेरिकामा उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइराला स्वस्थ भएका छन् । कोइराला परिवारका सदस्य बलिउड अभिनेत्री मनिषा कोइराला र कांग्रेस कार्यकर्ता मृदुला कोइरालाले सार्वजानिक गरेका तस्वीरमा प्रधानमन्त्री कोइराला हर्षित देखिएका छन् ।

स्वास्थ्य उपचारपछि आराम गरिरहेका कोइराला न्युयोर्कको इष्ट रिभरको तटमा हर्षित मुद्रामा देखिएका छन् । मनिषाले सार्वजानिक गरेको अर्को तस्वीरमा पनि प्रधानमन्त्री कोइराला हर्षित देखिन्छन् । फोक्सोमा देखिएको क्यान्सरको संक्रमणको उपचार गर्न प्रधानमन्त्री कोइराला असार २ गतेदेखी अमेरिकामा छन् ।

मेमोरियल सलोन क्याटरिङ क्यान्सर सेन्टरमा सफल रेडियो थेरापी पछि कोइराला आगामी साता स्वदेश फर्कीदै छन् ।

 22

33


  •  
  •  
  •