वैद्यलाई भेट्न प्रधानमन्त्री कोइराला नर्भिकमा

196
  •  
  •  
  •  

काठमाण्डौं ,१६ पौस (ओएनएस) प्रधानमन्त्री सुशील कोइरालाले नर्भिक अस्पताल पुगेर नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यको स्वास्थ्यबारे जानकारी लिएका छन् ।

चिकित्सकहरुले बैद्यको स्वास्थ्य राम्रो सुधार भइरहेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्री कोइरालाले नेताहरुलाई एकएक रोगले छोएको बताउदै आफूलाई पनि क्यान्सर लागेको प्रसंग सुनाएका थिए ।

छोटो बसाइमा प्रधानमन्त्री कोइरालाले राजनीतिक संवाद पनि गर्न भ्याउनु भ्याएका । प्रधानमन्त्रीले भने “राजनीति यस्तै छ । तर सबैले मुलुकलाई हेर्नुपर्दछ । सबैले जितेको अनुभूति गर्न पाऊन र कसैले पनि पराजित भएको अनुभव गर्न नपरोस ।”

मंगलबार नर्भिकमा भर्ना हुनुभएका नेकपा–माओवादीका अध्यक्ष वैद्यको उपचार डा. बृजेन्द्र श्रीवास्तवको नेतृत्वमा रहेको चिकित्सक टोलीले गरिरहेको छ ।


  •  
  •  
  •