प्रधानमन्त्रीले भने ‘म एक दम ठिक छु’

48
  •  
  •  
  •  

काठमाडौं, १४ भदौ (ओएनएस) :  गएको साउनमा अमेरिकमा क्यान्सरको उपचार गराएर फर्किएका प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य अवस्था विग्रेको हल्ला चलिरहेका बेला उनले भने आफु ठिनक रहेको बताएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाबारे सञ्चारमाध्यममा गलत टिप्पणी भएकोसमेत बताएका छन् ।

केही पत्रकारहरुसँग वालुटारमा भएको भेटमा कोइरालाले यस्तो बताका हुन् । उनले आफु ठिक भएको र सबै काम गरिरहेको बताए । उनले रेडियो थेरापीका कारण केही कमजोर भएपनि बैठक, भेटघाटलागायतका कामलाई आफुले निरन्तरता दिइरहकोसमेत बताए ।
फरक प्रसंगमा प्रधानमन्त्री कोइरालाले संसद अवरुद्ध गरेर निकास ननिस्कने बताएका छन् । उनले संसद अवरोधको जिद्दि छाड्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रहसमेत गरे ।


  •  
  •  
  •