प्रधानमन्त्री कोइरालाले भेटे बेल्जियमका पूर्व प्रधानमन्त्री

71
  •  
  •  
  •  

sushilकाठमाडौ, १० माघ(ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले आज बिहान बेल्जियमका पूर्व प्रधानमन्त्री येभ्स् लेतरसँग भेटवार्ता गरेका छन् ।

शनिबार बिहान नेपाल भ्रमणमा रहेका बेल्जियमका पूर्वप्रधानमन्त्री येभ्सले प्रधानमन्त्री निवास वालुबाटारमा भेट गरेका थिए । उक्त भेटमा नेपाल र बेल्जियम सम्बन्ध, नेपालको लोकतान्त्रिक यात्रा, नेपालको संविधान निर्माणको प्रकृयाका, नेपालको आर्थिक र सामाजिक विकासमा बेल्जियमले गर्दै आएको सहयोग, संघीय शासनमा बेल्जियमको अनुभवका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भेटबार्ताका क्रममा प्रधानमन्त्री कोइरालाले गणतन्त्र, लोकतन्त्रलाई संस्थागत गर्ने क्रममा केही असहज परिस्थिति उत्पन्न भएपनि चाँडै नै उपलब्धीहरूलाई संस्थागत हुनेगरी संविधान जारी गरिने बल्जियमका पूर्वप्रधानमन्त्री येभ्सलाई विश्वास दिलाएका थिए ।

भेटवार्तामा पूर्व प्रधानन्त्री येभ्सले नेपालमा चाँडै संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् । उनले देशमा लागू हुने संघियताका विषयमा सबै दलहरूले संयमयापूर्वक काम गर्नुपर्ने आवश्यकता औल्याएका थिए । उनले आफ्नो देशको संघीयताका बारेमा पनि आफ्नो अनुभव प्रधानमन्त्री कोइरालासँग बाडेका थिए ।


  •  
  •  
  •