जाजरकोट जान नमानेका प्रधानमन्त्री १६ जना लिएर उडे इण्डोनेसिया

308
  •  
  •  
  •  

Sushil-Koirala_20121205093047काठमाडौ, ७ बैशाख(ओएनएस) :  विगत तीन सातादेखि जाजरकोटमा फैलिएको सिजनल फ्लूले महामारीको रुप लिदै गएको छ । फ्लूबाट अहिलेसम्म २५ जनाको मृत्यु भैसकेको पुष्टि भएको छ । मृत्यु हुनेमा केहिलाई स्वाइन फ्लूको संकमण भेटिएको छ ।

सिजनल फ्लूबाट दर्जन बढि गाँउका जनतालाई सोत्तर बनाउँदा सरकारले ठोस कदम चाल्न सकेको छैन । फ्लूको महामारी नियन्त्रण बाहिर जाने खतरा बढिरहेको बेला जाजरकोटमा जाने प्रस्तावलाई लत्याएर प्रधानमन्त्री सुशील कोइराला भने १७ सदस्यीय टाेलीका साथ नौ दिने भ्रमणको लागि इण्डोनेसिया प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री कार्यालय उच्च स्रोतले दिएको जानकारीअनुसार कोइरालालाई मुख्य सचिव लीलामणी पौडेलले महामारीग्रस्त क्षेत्र जाजगरकोट भ्रमण गर्न प्रस्ताव गरेका थिए । तर, मुख्य सचिवको उक्त प्रस्तावलाई प्रधानमन्त्री कोइरालाले सुनेको नसुन्यै गरेको सिंहदरबार स्रोतले जानकारी दिएको छ ।

‘मुख्य सचिवज्यूले स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य विभाग प्रमुख र महामारी विशेषज्ञ टोली लिएर जाजरकोट जानुहोस् भनेर प्रस्ताव गर्नुभएको थियो । ’ स्रोतले भन्यो, ‘ प्रधानमन्त्रीज्यूले जाजरकोटको कुरै सुन्नुभएन । ’

जाजरकोटमा उपचार नपाएर जनताको ज्यान गइरहेको बेला प्रधानमन्त्री इण्डोनेसियाबाट फर्कने क्रममा थाइल्याण्डमा उपचार समेत गराउनेछन् ।

प्रधानमन्त्री कोइरालाले थाइल्यान्डको बुम्रुङगड अन्तर्राष्ट्रिय हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन् । स्वास्थ्य परीक्षणमा समय नलागे प्रधानमन्त्री बैसाख १५ मा स्वदेश र्फकने कार्यक्रम छ ।

त्यसअघि प्रधानमन्त्रीले कोइरालाले इन्डोनेसियाको बाङडुङमा हुने अफ्रो(एसियाली मुलुकको सम्मेलनमा भाग लिनेछन् । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानी प्रधानमन्त्री सिन्जो आवेलगायत सय मुलुकका राजनेताहरूको सहभागिता रहनेछ ।


  •  
  •  
  •