मैले प्रचण्डलाई सम्झाएको छुः प्रधानमन्त्री कोइराला

116
  •  
  •  
  •  

pm koirala at rupandehiरूपन्देही, २ फागुन(ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान जारी हुने वित्तिकै विकास निर्माणको लहर आउने बताएका छन् । साथै गरिबी र बेरोजगारीको समस्या हल हुने उनले बताएका छन् ।

शनिबार रूपन्देहीको फर्साटिकर गाविसस्थित यज्ञोदय दुधनाथ थारू क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले प्रतिपक्षसँग वार्तामा सहमति नभएपनि नयाँ संविधान नरोकिने बताएका छन् । उनले संविधान जारी गर्न रोक्ने ताकत कसैसँग नभएको धारणा समेत व्यक्त गरेका छन् । संविधान र संघियताबारे चारवटा विषयमा विवाद भएको बताउँदै कोइरालाले यी विषयमा सहमति कायम गरी अघि बढ्ने तयारी भईसकेको जानकारी पनि दिए ।

प्रचण्डलाई आफूले सम्झाएको कुरा समेत प्रधानमन्त्रीले उल्लेख गरेका छन् । उक्त क्याम्पस निर्माणका लागी दान गर्ने दाताहरु दुधनाथ थारु, रामलखन थारु, कृष्ण प्रसाद घिमिरे, तेजेन्द्र खड्का लगायतलाई प्रधानमन्त्री कोइरालाले सम्मान गरेका थिए । उक्त क्याम्पसमा ७५ प्रतिशत महिलाहरु अध्ययन गर्दे आएका छन् तीमध्ये धेरैजसो बुहारी अध्ययनरत रहेको बताइएको छ । उक्त क्याम्पस श्रीमदभागवत सप्ताह र दानदातव्यबाट निर्माण भएको हो ।


  •  
  •  
  •