बाढी पहिरोपीडितको उद्धारका लागि जुटन प्रधानमन्त्रीको अपिल

65
  •  
  •  
  •  

susil

काठमाडौँ, २ भदौ : प्रधानमन्त्री सुशील कोइरालाले अविरल वर्षाले देशका विभिन्न भागमा बाढी पहिरो आएर ठूलो जनधनको क्षति हुन गएको घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको बताउँदै विपत्को यो घडीमा सबैलाई आ–आफ्नो स्थानबाट उद्धार, राहत र पुनःस्थापना कार्यमा जुट्न आग्रह गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले सोमबार अपिल जारी गरी ठूलो जनधनको क्षति भएको दुःखको यस घडीमा राहत तथा उद्धार कार्यमा जुट्न आग्रह गरेका छन् ।

सरकारले प्राकृतिक प्रकोप पीडितहरुको उद्धार, राहत वितरण र पुनःस्थापनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, केन्द्रदेखि स्थानीय प्रशासनको समग्र शक्ति लगाइरहेको बताउँदै प्रधानमन्त्री कोइरालाले सरकारका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य शीघ्रातिशीघ्र सम्पन्न गर्ने व्यवस्था मिलाइएको र यी काममा ढिलासुस्ती, अनियमितता, अन्याय हुन नदिन सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकिएको बताएका छन् । सम्पूर्ण कार्यको सम्पादनमा केन्द्रीयस्तरमा समन्वय ल्याउन प्रधानमन्त्रीको सचिवालयअन्तर्गत प्राकृतिक प्रकोप उद्धार नियन्त्रण कक्ष स्थापना गरी क्रियाशील तुल्याइएको र उपयुक्त समयमा आफैँ पनि यी समग्र प्रक्रियाको स्थलगत अवलोकन गरी उद्धार, राहत र पुनःस्थापना कार्यलाई गति दिन इच्छुक रहेको उनले बताएका छन् ।


  •  
  •  
  •