सहमति खोज्न प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

349
  •  
  •  
  •  

Prachanda-sushil1काठमाडौँ, २ माघ(ओएनएस) : एकिकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर संविधान निर्माण प्रक्रिया सहमतिकै आधारमा अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाओवादी अध्यक्ष दाहालले संविधान निर्माण प्रक्रियामा सबैको सहमति हुनुपर्ने भन्दै सहमतिमा नै जोड दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । संविधानका विवादित विषयलाई प्रक्रियामा लगेर विवाद टुङग्याउने विषयमा कांग्रेस-एमाले एकढिक्का भइरहेको अवस्थामा अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।

जवाफमा प्रधानमन्त्री कोइरालाले आफूले पनि सहमति चाहेको बताउँदै आफू सहमतिको विरोधी नभएको बताए । उनले संवैधानिक–राजनीतिक सहमति तथा संवाद समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाउनका लागि सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।

संविधानसभाको बैठक आज बोलाइएको छ ।


  •  
  •  
  •