प्रधानमन्त्री कोइराला भन्छन् : नेपालीले धेरै दुःख पाए

127
  •  
  •  
  •  

Sushil-Koirala_20121205093047काठमाडौं, २९ जेठ (ओएनएस) :  प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनताले पाएको दुःख प्रति चिन्ता जाहेर गरेका छन् । भूकम्प पीडितहरुको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग प्रधानमन्त्रीले चिन्ता प्रकट गरेका हुन् ।

“नेपालीहरुले धेरै दुःख पाए” प्रधानमन्त्री कोइरालाले भन्नुभयो,“ ३५ लाख नेपालीहरु देश बाहिर कामको खोजिमा गएका छन ।” प्रधानमन्त्री कोइरालाले कामको खोजीमा बाहिरिएका सबै नेपालीलाई स्वदेशमा नै रोजगारी दिने अवस्था सिर्जना गर्न आफू लागिरहेको पनि बताउनु भयो । उहाँले प्राकृतिक स्रोतको उपयोग हुने बातावरण बन्दै गएको उल्लेख गर्दै भन्नुभयो,“ पीटीए र पीडीए भएका छन, अब विकासको शुरुआत हुन्छ ।”

प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको कार्य प्रकृयामा गैसकेको उल्लेख गर्दै भन्नुभयो,“सहमतिले लोकतान्त्रिक संविधान निर्माण गर्नुको विकल्प हामीसंग थिएन।” यस्तो सहमति जुट्नेमा म आशावादी थिए । उहाँले भन्नुभयो,“ ममा कहिल्यै निराश छैन ।”

सो अवसरमा भूकम्प पीडितहरुको लागि पुन समाज नेपालले २० लाख ७ हजार ७ सय ७७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ । यस्तै, पश्मिना उद्योग संघले १० लाख, डोल्पा समाज ,साल्दाङ्गलेले ७ लाख काभ्रेको धुलिखेलमा कार्यालय रहेको सहयोग र सरोकार नामक संस्थाले ५ लाख, राष्ट्रिय आवास कम्पनी लिमिटेडले ३ लाख ८३ हजार ३ सय ६२ रुपैया, बुढानीलकण्ठ नगरपालिकास्थित नामाखाख्युङ्ग जोङ्ग रिञ्जिन लिङ्ग गुम्बा र क्यानडेली नागरिक माइकल चोङ्गबाट पनि १÷१ लाख रुपैयाँ प्रदान गरेका छन् । यसैगरुी रोजगारीको निमित्त मलेसियामा पुगेका नेपाली कामदारहरुले स उद्धार कोषमा १ लाख २१ हजार ३ सय ७५ रुपैयाँ प्रदान गरेका छन् ।


  •  
  •  
  •