‘राहतमा गडबडी गर्नेलाई कारबाही गर्नु’

130
  •  
  •  
  •  

Sushil-Koirala_20121205093047काठमाडौं, २२ जेठ (ओएनएस) :  प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुको लागि पेट काटेर दिएको सहयोग रकमको सदुपयोग हुने बताएका छन् ।

बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्प पीडितहरुका लागि विभिन्न संघ संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएको राहत रकम लिने क्रममा कोइराललो उक्त कुरा बताएका हुन् ।

दाताहरुलाई समेत राहतदेखि अस्थायी आवास निर्माण, पुनस्थापना र पुननिर्माणका चरण सम्म आर्थिक अनियमितता भए नभएको निगरानी गर्न आग्रह गरे । आफुले सुशासन , पारदर्शिता, जवाफदेहिता, भ्रष्ट्राचार विरुद्ध शून्य सहनशिलता र मितव्ययितालाई उच्च प्राथमिकता दिएको बताउदै राहतमा गडबडी गर्नेलाई कारबाही गर्न निर्देशन बताए ।

 साउथ एशियन रिजनल ट्रेड यूनियन काउन्सिलका अध्यक्ष लक्ष्मण बस्नेतले १० लाख १६ हजार ४ सय ५२ रुपैया ५० पैसाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

सो अवसरमा नेपाल ट्रेड यूनियन कंग्रेसका अध्यक्ष खिलानाथ दहालका साथै संयुक्त ट्रेड यूनियनका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

आजै हल्याण्डको रिचआउट टू नामक संस्थाका तर्फबाट अध्यक्ष लिसवेथ नाइजेलकर्कीले पनि ५ लाख रुपैया प्रदान गरेका थिए ।
काभ्रे र रसुवामा त्रिपाल,खाद्य सामग्री वितरण गरी अस्थायी टहरा समेत बनाएको रिचआउटको सहयोग हस्तान्तरणमा दिपकराज सापकोटा र दिनेश ढकाल लगायतको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै करुणा फाउण्डेशनले बिहिबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५लाख रुपैया प्रदान गरेको छ । विकेन्द्रीकरण सहयोग समाजको तर्फबाट ५१ हजार रुपैया भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको छ ।


  •  
  •  
  •