प्रधानमन्त्री कोइराला आज स्वदेश फर्किदै

54
  •  
  •  
  •  

काठमाडौं ६ साउन (ओएनएस) : प्रधानमन्त्री सुशील कोइराला एक महिनाको स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कंदै छन् ।
फोक्सोमा क्यान्सरको सफल उपचारपछि कोइराला नेपाल फर्किन लागेका हुन् । फोक्सोको क्यान्सरको उपचारको क्रममा अमेरिकामा रहनु भएका प्रधानमन्त्री कोइराला स्वदेश फर्किन लालागेका हुन् । प्रधानमन्त्री कोइराला साँझ ८ बजे काठमाण्डु आइपुग्नेछन् । फोक्सोमा देखिएको दागलाई नेपालमा क्यान्सरको आशंका ब्यक्त गरिएपछि प्रधानमन्त्री गत असार २ गते अमेरिका गएका थिए । त्यहाँ रहँदा उहाँको फोक्सोको क्यान्सरको उपचारको क्रममा पाँच पटक रेडियोथेरापी गरिएको थियो । प्रधानमन्त्री कोइराला फलोअपका लागि ३ महिनापछि पुनः अमेरिका जानेछन् । उनले उपचार गराएको न्युयोर्कस्थित स्लोन क्याटरिङ क्यान्सर सेन्टरले तीन महिनापछि फलोअपका लागि बोलाएको छ ।


  •  
  •  
  •