प्रधानमन्त्री कोइराला आज इन्डोनेसिया जादै

97
  •  
  •  
  •  

pm koirala practices2काठमाडौं ७ वैशाख (ओएनएस) :
प्रधानमन्त्री सुशील कोइराला आज इन्डोनेसिया जादैछन् । बाङडुङमा हुने अफ्रो(एसियाली मुलुकको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री कोइराला १७ सदस्यीय नेपाली टोलीको नेतृतव गर्दै नौदिने भ्रमणमा जान लागेका हुन् । उनीगएसँगै सहमतिको प्रक्रिया फेरि अन्यौलमा पर्ने भएको छ ।

इन्डोनेसियाको अफ्रो एसियाली सम्मेलन र अफ्रो एसियाली सहकार्यको दसौं वाषिर्की कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानी प्रधानमन्त्री सिन्जो आवेलगायत सय मुलुकका राजनेताहरूको सम्मेलनमा सहभागिता रहनेछ ।

प्रधानमन्त्री कोइरालाले साइलाइन वार्ता पनि गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


  •  
  •  
  •