संविधान जारी भएपछि नेपालको विकास तीब्र : प्रधानमन्त्री कोइराला

177
  •  
  •  
  •  

काठमाडौं, ४ बैशाख (ओएनएस)  : प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि थाईल्याण्डका राजदूत भुट्टी भुट्सान्ट ले शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् ।

भेटमा प्रधानमन्त्री कोइरालाले नेपाल र थाइल्याण्डबीचमा अत्यन्त सुमधुर सम्बन्ध रहेको जानकारी दिदै भगवान गौतम बुद्धको जन्मस्थल भ्रमण गर्ने बुद्धधर्माबलम्बी थाई जनताको मोहले यसलाई अझ सुदृढ बनाउदै लगेको बताए ।

कुराकानीका क्रममा प्रधानमन्त्री कोइरालाले बिमस्टेकको क्षेत्रीय सदस्य रहेका दुइदेशका बीचमा सुचारु रहेको हवाई सेवाले सुसम्बन्ध विकसित गर्न निकै सहयोग गरेको बताउनुभएको थियो । प्रधानमन्त्री कोइरालाले विकासको लागि लोकतान्त्रिक शासनपद्धति, शान्ति र राजनीतिक स्थिरता अपरिहार्य रहेको बताउदै नयाँ संविधान जारी भएपछि नेपालको विकास तीव्र गतिमा हुने बताए । उनले नेपालले छिट्टै लोकतान्त्रिक संविधान पाउने विश्वास पनि व्यक्त गरे ।

भेटका अवसरमा थाई राजदूतले नेपालमा थाइपर्यटकको संख्या बढ्दै गएको बताएका थिए । उनले थाइल्याण्डको दूशीत थानी समूहले अन्नपूर्ण होटलको व्यवस्थापन लिएर आतिथेय व्यावसायको अनुभवबाट नेपाललाई लाभ दिने प्रकृयाको आरम्भ भएको बताए ।

उनले लुम्बिनीमा प्रसूति अस्पतालको निर्माण गरेको थाइल्याण्डले संयुक्त लगानीमा नेपालमा अस्पताल स्थापना गरेर गुणस्तरीय सेवा दिएको पनि बताए । भेटमा थाई राजदूतले थाइल्याडमा पनि यस बर्षको अन्त्यसम्म नयाँ संविधान आउने बताएका थिए ।


  •  
  •  
  •