२०७२ साल नयाँ संविधान र स्थायी शान्तिको वर्ष : प्रधानमन्त्री

192
  •  
  •  
  •  

रुकुम, १ बैसाख (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले २०७२ सालमा देशले नयाँ संविधान र स्थायी शान्ति पाउने विश्वास व्यक्त गरेका छन् । मंगलबार रुकुमको पूर्विक्षेत्रमा पहिलो पटक आयोजना गरिएको तकसेरा आदीबासी जनजाति कला सांस्कृति महोत्सबको उद्घाटन समारोहमा प्रधानमन्त्रीले अब सबै राजनैतिक दलहरु मिलेर छिटै सबैको भावना समेटिएको नयाँ संबिधान जारी गर्नुको बिकल्प नभएको बताएका हुन् ।

२०७२ साल नेपाली जनताहरुको शान्ति र संबिधान पाउने बर्ष रहेको दाबी गर्दै अब कसैले पनि यो बर्ष भित्र नयाँ संबिधान रोक्न नसक्ने प्रधानमन्त्रीले बताए । रुकुम सशस्त्र द्वन्द्वबाट निकै प्रभावित जिल्ला मात्र नरहेर पर्यटकीय सुन्दरता पनि रहेको जिल्ला रहेका कारण यसको प्रबद्धन तथा बिकास निर्माणको लागि सरकार सचेत रहेको बताए ।

प्रधानमन्त्री कोइरालाले माओबादी आन्दोलन लोकतन्त्रको बिरुद्धमा रहेको बताउनुभएको छ । यस अघि देशमा भएका आन्दोलन तथा क्रान्ति मार्फत देशमा रहेको निरङकुश जहानिय राणा शासन र राजसंस्थाको अन्त्य गरिसकेका कारण अब कोहि कसैको आन्दोलन आबश्यक नरहेको बताए ।

अब जे नाम दिएर पनि देशमा आन्दोलन गरे त्यो लोकतन् बिरुद्धको आन्दोलन हुने उनको भनाई थियो । ‘आन्दोलन मार्फत देशमा गणतन्त्र आईसकेकाले माओबादीले भनेजस्तो आन्दोलनको आवश्यक छैन’ प्रधानमन्त्री कोईरालाले भने, ‘गणतन्त्र त देशमा स्थापना भैसकेको छ त, माओबादी के फेरी गणतन्त्रको बिरुद्धमा आन्दोलन गर्न चाहान्छ ।’

कार्यक्रममा बोल्दै पुर्ब शान्ति मन्त्री तथा एमाओवादी नेता जनार्दन शर्माले माओबादीले पहिचान सहितको संबिधानका लागि आन्दोलन गर्नुको एउटा उदाहरण यो जनजाति महोत्सबमा देख्न सकिने बताए ।


  •  
  •  
  •