प्रधानमन्त्रीले भने : आन्दोलन त्यागेर वार्तामा बसौ

149
  •  
  •  
  •  

pm koiralaकाठमाडौं, २३ चैत (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालासँग मधेशी जनाधिकार फोरम(लोकतान्त्रि)का अध्यक्ष गच्छदारसँग सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै विपक्षीले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा बस्न आग्रह गरेका छन् ।

भेटमा प्रधानमन्त्री कोइरालाले आन्दोलन र द्वन्द्वबाट लोकतान्त्रिक शासन पद्धतिको लागि भएको झण्डै एक शताब्दी लामो संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिहरु गुम्ने खतरा भएकोले आन्दोलनका सम्पूर्ण कार्यक्रम त्यागेर वार्ता, सहकार्य, एकता, मेलमिलापका माध्यमबाट सहमति कायम गरी संविधान निर्माण गर्न आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जनाएका छन् ।

एमाओवादी नेतृत्वको विपक्षीले बहुमतिय प्रणालीमा गएर संविधान निर्माण अघि बढाएको भन्दै आन्दोलन गरिरहेको छ । आन्दोलनअन्तर्गत मंगलबार देखि बिहिबारसम्म तीन दिने हामहड्ताल अघि प्रधानमन्त्रीले विपक्षीलाई फिर्ता लिन आग्रह गरेका हुन् ।


  •  
  •  
  •