विपक्षी मोर्चाको आन्दोलनले प्रतिगमनलाई सघाउँछ : प्रधानमन्त्री

152
  •  
  •  
  •  

sushil_koirala20130701002काठमाडौं, १२ चैत (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले ३० दलीय मोर्चाको आन्दोलनले प्रतिगमनकारीलाई सघाउने बताएका छन् ।

संघीय समावेशी मोर्चा प्रतिनिधिसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले सहमति, सहकार्य र एकताबाटै संविधान जारी गरिने र त्यस्तो संविधानले सबै जात–जाति, धर्म र वर्गको अधिकार सुनिश्चित हुने दाबी गरे ।

उनले संविधान लेखन प्रक्रिया छाडेर मोर्चा आन्दोलनमा जानुको अर्थ नभएको नभएको जिकिर गरे ।

फरक प्रसंगमा प्रधानमन्त्री कोइरालाले सञ्चारमाध्यमले आफू बिरामी परेको भ्रामक प्रचारबाची गरेको आरोप लगाए । उनले आफूलाई सामान्य रुघाखोकी मात्रै लागेको जानकारी दिए । उनले क्यान्सरमाथि आफूले विजय प्राप्त गरिसकेको भन्दै संविधान जारी गर्नु नै आफ्नो प्रमुख काम भएको दाबी गर्नुभयो ।

मोर्चाले अब बन्ने संघीय राज्यको नाम कुनै पनि जात–जातिबाट नामकरण गर्न नहुने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली व्यवस्था गर्नुपर्नेलगायत आठबुँदे ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष बुझाएको छ ।


  •  
  •  
  •