म सकुन्जेलसम्म सरकार चलाउँछु :प्रधानमन्त्री कोइराला

102
  •  
  •  
  •  

फोक्सोमा क्यान्सर देखिएपछि प्रधानमन्त्री सुशील कोइराला अमेरिकामा उपचार गराइरहेका छन् । बुधवारबाट सुरु भएको रेडिएसन थेरापी शुक्रबार तेस्रो पनि पनि जारी रहेको छ । थेरापी लिइरहेका प्रधानमन्त्रीले आफ्नो बारेमा चिन्ता नगर्न भन्दै चाँडै स्वदेश र्फकने जनाएका छन् । उनको स्वास्थ्यबारे गरिएको छोटो कुराकानी

तपाईको स्वास्थ्य कस्तो छ ?

राम्रो छ । रेडियो थेरापी सुरु भएको छ । यसलाई पाँच दिन दिनुपर्ने भएकाले अलिकता लम्बियो । अब ८ –१० दिनमा फर्किन्छु ।

अनि उपचार अब यहाँ आएर जारी राख्नु हुन्छ होइन ?

अब यो रेडियो थेरापीको कुरा हो । जहाँ हुन्छ, डाक्टरहरुले जे सल्लाह गर्नछन । तीन महिनामा एक चोटी आउनुपर्छ भनेको छ । अब हेरौ के हुन्छ ।

रेडियो थेरापी गरेपछि सहज महसुस भएको छ ?
हेइन मलाई रेडियो थेरापी नगार्द पनि केही हप्ठ्यारो थिएन । उस्तै छ । केही अप्ठ्यारो भएको छैन ।

10500254_10152093323546595_1792371937162154856_nतपाई त्यहाँ बसेर यता नेपालको मन्त्रिपरिषदसँग निरन्तर सम्पर्कि भइरहेको छ ?
साथीहरु मन्त्रीहरु सबैले सम्पर्क गरिरहेका छन् । सबैले भन्छन् तपाई छिटो ठीक भएर आउनुहोस् । मैले भनेको छु तपाईहरु ढुक्क हुनुहोस मलाई आफ्नो स्वास्थ्य भन्दा मुलुककोे चिन्ता छ । अहिले हाम्रो शान्ति, स्थायीत्व, लोकतान्त्रिक संविधानसहित मुलुकको निकासका लागि सबै लागेका छन् । त्यसकारले मेरो चिन्ता मुलुकलाई नयाँ दिशा दिनेमा छ ।

तपाईले सरकारले नेतृत् वगर्न सक्नु होला कि नहोला भनेर मान्छेहरुले चिन्ता गरिरहेका छन् तपाई के भन्नुहुन्छ  ?
यो यो चिन्ता भन्ने कुरा गिरिजाबाबु हुँदा खेरि पनि गथ्र्ये । विरोध गर्नेले विरोध गथ्र्ये । अब मेरा कुरा पनि जोर जर्बजस्ती गर्ने होइनन नी । जब सम्म म गर्न सक्छु गर्छु ।

त्यहाँबाट तपाई फर्केपछि के गर्ने भन्ने विषयमा केही योजना बनाइ राख्नुभएको छ की ?
सबै पार्टीका नेताहरुसँग मेरो सम्पर्क भइरहेको छ । झलनाथ जी माधव जी लगायत सबैसँग सम्पर्क भइरहेको छ । कमिटीहरुमा छलफल भइरहेको छ । प्रोसेसहरु अगाडी बढीरहेको छ । तपाई त्यहाँबाट चिन्ता लिने काम छैन छिटो ठीक भएर आउनुहोस भन्ने सबैको मलाई शुभकामना रहेको छ ।
बीबीसी नेपाली सेवाका सन्जय ढकाललाई बुधवारसाँझ दिएको अन्र्तवार्ता

 


  •  
  •  
  •