‘खुकुरीको धारमा उभिएर काम गर्दैछू’

136
  •  
  •  
  •  

pm koiralaकाठमाडौं, १३ फागुन (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले परिस्थितिको ‘रियलाइजेसन’ सार्वजनिक गरेका छन् । कोइरालाले पार्टी र सरकारको नेतृत्व गर्दा खुकुरीको धारमा उभिएर काम गर्नुपरेको भन्दै बाहिरबाट भन्न र आफैले काम गरेर देखाउँनु फरक हुने बताए । ९४औं महेन्द्र्नारायण निधि जयन्तीका अवसरमा निधि प्रतिष्ठानले गरेको कार्यक्रममा कोइरालले यस्तो बताएका हुन् ।

‘किसुनजी र गिरिजाबाबुलाई गाली गर्थे, अहिले आएर बुझ्दै छुँ, कति कठिन परिस्थिति हुँदो रहेछ भनेर’ कोइरालले भने, ‘अरुको आलोचना गर्नु र काम गर्नु फरक हुँदोरहेछ ।’ उनले खुकुरीको धारमा उभिएर काम गर्नुपरेको परिस्थिति पनि सार्वजनिक गरे ।

‘एकतिर माओवादीहरु राजनीतिक जिम्मेवारी भुलेर हिड्न खोजीरहेका छन्, अर्कातिर पार्टीका साथीहरु सरकारले काम गरेर भनेर आक्रोसित हुनुहुन्छ’ उनले भने, ‘यी सबै परिस्थितिका बावजुत डटेर काम गर्नुको विकल्प छैन ।’

देश गम्भीर मोडमा रहेको भन्दै राजनीतिक दल इमान्दार नभए देश एक शताब्दी पछि पर्ने बताए । ‘हरेक नागरिकका आ–आफ्ना बाध्यता र समस्या छन्, यस्ता परिस्थितिले सरकार अपेक्षाकृत काम गर्न सकिरहेको छैन’ उनले भने ।

कोइरालले महेन्द्र नारायण निधिजस्तो जिम्मेवार नेता भएमात्र राजनीतिक सहज बाटोमा हिड्ने बताए । ‘उहाँ आफ्नो स्वार्थ लुट्ने भन्दापनि राजनीतिक परिस्थिति सहज बनाउने काममा सक्रिय हुनुहुन्थ्यो र सधंै शान्तिका पक्षमा उभिनुहुन्थ्यो’ कोइरालले स्मरण गर्दै भने, ‘त्यस्तो नेता अहिले नहुँदा राजनीतिक व्यस्थापनमा असहज परिस्थिति निर्माण भएको छ ।’


  •  
  •  
  •