काठमाडौं १८ असार (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालालको रेडियो थेरापी आजदेखि सुरु हुने भएको छ । आजदेखि पाँच दिनसम्म कोइरालाको थेरापी उनको सचिवालयले जनाएको छ ।
चिकित्सक एन्डिएस रिमनरले थेरापी दिनेछन् । पाँच दिनको कोर्स पुरा भएपछि प्रधानमन्त्री कोइरालाले केही दिन आराम गरेर नेपाल फर्कने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाको फोक्सोमा क्यासर लागेको पुष्टि भएपछि उपचार गर्न लागिएको हो । मेमोरियल स्वलोन केटरिङ क्यान्सर सेन्टरमा कोइरालाले उपचार गराउँदै आएका छन् ।